कालिका, १२ असोज । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको आयोजनामा एकदिने जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी शुक्रवार कालिकामा सम्पन्नमा भएको छ । भीमोदय नमुना माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको गोष्ठीमा चितवन जिल्लाभर रहेका यु.रे.स ले गरेको कामको समिक्षासँगै भावीरणनीतिक योजना बारे छलफल गरिएको छ ।
गोष्ठीको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले मानविय सेवासँगै सभ्य सभाज निर्माणमा नेपाल रेडक्रस सोसाइटीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले लागुऔषध दुव्र्यसनी विरुद्ध लड्नपनि रेडक्रसकर्मीहरु तयारहुनेबेला आएको तर्कगर्नुभयो ।
आत्महत्याको अवस्था भयावह रुपमा बृद्धि भइरहेको स्मरणगर्दै नगर प्रमुख रेग्मीले मनोपरामर्श मार्फत आत्महत्याहुनेक्रमलाई शुन्यमा झार्नुपर्ने बताउनुभयो । योसँगै अन्य थप सृजनशील कार्यमा रेडक्रसकर्मीहरुको महत्वपूर्ण भूमिका हुन सक्ने उहाँको भनाई छ ।
कालिका नगरपालिका र रेडक्रस सोसाईटीसँग सहकार्य गरी नगरबासीहरुलाई निशुल्क ब्लड(रगत)को व्यवस्थापनबारे छलफल भइरहेको समेत नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो । निकट भविष्यमै नगरबासीहरुलाई निशुल्क रगत उपलव्धहुने उहाँले बताउनुभयो । नगरपालिकालाई सम्बृद्ध र सहयोगी पालिका बनाउन चाहन्छौं उहाँले भन्नुभयो – ‘सृजनात्मक काम ल्याउनुस जिल्ला शाखासँग पनि सहकार्यगर्दै अगाडी बढ्न तयार छौं ।’
भीमोदय नमुना माध्यमिक विद्यालयका प्राचार्य इन्द्रनाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी,चितवन शाखाका संयोजक रत्नप्रसाद सापकोटाले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उषा इङ्लिस बोर्डिङ स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षक शिवप्रसाद सापकोटा, शिक्षक महासंघ कालिकाका जितवहादुर भट्टराई, नेपाल रेडक्रस सोसाईटी उपशाखा जुटपानीका सभापति राजन रेग्मी, कालिका वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कालिका नगरपालिकाको सामाजिक विकास संयोजक एवम कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री राममणी खनाल, पूर्व उपमहामन्त्री हरिप्रसाद न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधी दीपेन्द्रराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।













—-00–


