१९ औं एसियाली खेलकुदमा भाग लिने नेपाली राष्ट्रिय क्रिकेट टिमको नाम सार्वजनि

काठमाडौँ, २९ भदौं

असोजमा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिने नेपाली राष्ट्रिय क्रिकेट टिमको नाम सार्वजनि गरिएको छ।

एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन्।

समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।

नेपाली टिमः रोहित पौडेल (कप्तान), करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अभिनास बोहरा, सन्दीप लामिछाने।

Share:

सम्बन्धित समाचारहरु