चितवन, १७ भदौं । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र खगेन्द्रमल्ली पोष्ट आडको हर्दा खोलामा गैंडाको सडगलेको अवस्थामा पुरानो हाडखोर फेला परेको छ ।
खाग भने फेला नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरुले सिकारी प्रयोग गरेर गैंडा मार्ने गर्दछन् ।
हर्दा खोलामा तीन दिनअघि गैंडाको हाडखोर भेटिए पनि मृत्युका कारण खोजी भइरहेको सूचना अधिकारी तिवारीले बताए । चोरी सिकारीले गैंडा मारेको हुन सक्ने सम्भावनालाई ख्याल राख्दै अनुसन्धान भइरहेको तिवारीले बताए ।–00–


