सेतो नेपाल-
कालिका, १६ भदौं । रगतको अभावलाई मध्येनजर गर्दै कालिका नगरपालिका वडा नं. ८ स्थित चिसापानी टोल विकास संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सृजनात्मक काममा चिसापानी टोल विकास संस्था सधै अगाडी रहेको बताउनुभयो । मानविय सेवाप्रति संस्थाले देखाएको चासोप्रति नगर प्रमुख रेग्मीले खुलेर प्रशंसा गर्नुभयो । सरसफाईदेखि सामाजिक काममा सधै अग्रभागमा टोल विकास संस्थाको काम आउने गरेको उहाँको भनाई छ । विगतदेखिनै सृजतात्मककाममा टोल विकास संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
अस्पतालको शैयामा रगतको अभावमा छट्पटाई रहेका बिरामीलाई बचाउन यस्ता खालको कार्यक्रमले ठूलो अर्थ राख्ने बताउनुभयो । यस्तोखालको कार्यक्रम प्रत्येक वर्षगर्न समेत टोल विकास संस्थालाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले विपन्न परिवारका लागि नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याएको जानकारी दिनुभयो । नगरक्षेत्रभित्रका १ हजार परिवारलाई निशुल्क स्वास्थ्य बीमागर्ने योजनाका साथ नगरपालिकाले मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो । टोल टोलमा आउने अभिकर्ताहरुलाई सहजिकरण गरेर सहयोग गरिदिन समेत टोल विकास संस्थाहरुलाई आग्रहगर्नुभयो ।
– ‘अति विपन्न परिवार लक्षित कार्यक्रम भएकाले तपाईको टोलमा भएका अति विपन्न परिवार कोहीपनि नछुट्नेगरी फारम भर्न यहाँहरुले सिफारिस गरिदिनुहोला’ उहाँले भन्नुभयो । यस्तै नगरपालिकाले नगरक्षेत्रभित्रका सबैघरहरुको अभिलेखीकरण गर्न लागेको हुँदा सबै नगरबासीले आफ्नो घरको अभिलेखीकरण गर्न आग्रह गर्नुभयो । नगरक्षेत्रभित्रका प्रत्येक घरहरुको अभिलेखीकरणगर्ने योजना अनुसार घर अभिलेखीकरणगर्ने अभियान सुरु भइसकेकाले बेलैमा आफ्नो घर नगरपालिकामा अभिलेखीकरण गराएर सुरक्षित रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले रक्तादान कार्यक्रमका लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको बताउनुभयो । रेडक्रससँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई अझै सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । रगत राख्नका लागि प्रयोग गरिने प्याकेट नगरपालिकाले उपलव्ध गराउन सकेपनि विपन्न परिवारलाई ठूलो राहत हुने उहाँको भनाई छ ।
कालिका नगरपालिका क्षेत्रमा १ सय ५५वटा टोल विकास संस्थाहरु छन् । ति टोल मध्ये चिसापानी टोल विकास संस्थाको क्रियाशीलता प्रशंसागर्न लायक रहेको उप प्रमुख तमाङले बताउनुभयो । केही दिन अघि मात्रै युवाहरुलाई लक्षित गरेर फुटवल प्रतियोगीता आयोजना गरेको थियो । त्यसैगरी बेला बेला सरसफाई, सचेतनामूलक कार्यक्रम लगायत सामाजिक काममा यो टोल विकास संस्था सधै अगाडी छ ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले आफ्नो वडाभित्र रहेको १७ वटा टोल मध्ये चिसापानी टोलले गरेको काम सम्झन लायक रहेको बताउनुभयो । उहाँहरुको कार्यशैली र गतिविधिहरु प्रशंसागर्न लायक छन अध्यक्ष मगरले भन्नुभयो ।
जुना तमाङको अध्यक्षतामा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिला १८ जना गरी ६५ जनाले रक्तदान गरेका छन् ।

















–00–


