युवा संघ चितवनको अध्यक्षमा कालिकाका झलकराज भट्ट निर्वाचित

चितवन, २६ भदौं । राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको अध्यक्षमा झलकराज भट्ट निर्वाचित भएका छन् । ‘समस्या युवाहरूको, समाधान राष्ट्रिय युवा संघ’को भन्ने नाराका साथ कालिका नगरपालिकामा युवा संघको शुक्रबार भएको १० औ जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा ७५ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएको हो ।

 

जिल्ला कमिटीको उपाध्यक्षमा मधुपर्क श्रेष्ठ (सन्तोष), सचिवमा उत्तम सेडाई, उपसचिवमा नेकराज घले(राज) र पुर्ण महतो (निशान) र कोषाध्यक्षमा लक्ष्मी खत्री (खिमा) निर्वाचित भएका छन् । अधिवेशनबाट रचनात्मक क्रियाकलाप प्रमुखमा बिदुर थापामगर, साइबर सर्कल प्रमुखमा सुबास सिलवाल र युथ फोर्स उपप्रमुखमा मुन्ना मिया निर्वाचित भएका छन् ।

शुक्रवार राती सम्म अधिवेशन चलेको थियो । –00–

Share:

सम्बन्धित समाचारहरु