माओवादी भन्ने पार्टी २०८४ सालको चुनावपछि यो धर्तिमा रहन्नः महेश बस्नेत

कालिका, १५ भदौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले मुृलुकको परिवर्तन नेकपा एमाले पार्टीवाट मात्रै सम्भव रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी चितवनको कालिकामा आज आयोजना गरिएको दशौं जिल्ला अधिवेशलाई संवोधन गर्दै युवा नेता बस्नेतले नेकपा एमाले पार्टीबाहेक कुनै शक्तिवाट मुलुक परिवर्तन नहुने दावी गरे ।

जेष्ठ नगारिकलाई बृद्धाभत्ता देखि दर्जनौं लोकप्रिय कार्यक्रम जनताका सामु ल्याएर मुलुृक परिवर्तनकौ संकेत नेकपा एमाले पार्टीले ल्याएको जिकिर गरे । नेकपा एमाले बाहेक कुनैपनि शक्ति जनताको पक्षमा छैनन, बस्नेतले भने । नेकपा माओवादी जातिय राज्य बाड्दै डिडेकाले यो धर्तिवाटै सकिन लागेको दावी गरे ।

पूर्व उद्योगमन्त्री समेत रहेका युवा नेता बस्नेतले यहि २०८४ सालको चुनावमा नेकपा एमाले वा काँग्रेसको बैशाखी नटेके नेकपा माओवादी भन्ने पार्टीको आयु धर्तिवाट समाप्त हुने दावी गरे । माओवादी पार्टीको बारे हाम्रो पुस्तालेनै किताबमा पढ्नपाउनेछन् उनले भने । यस्तै आगामी २०८४ सालको चुनावमा रवि लामिछानेको जमानत जफतहुने नेता बस्नेतले भविष्यबाणि गरेका छन् । देशैभरवाट पपुलर भोट ल्याउने माननियज्यूको जमानत जफत हुृनेवाला छ यो कुरा लेखेर राख्नुस संवोधनको क्रममा उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धान्त विहीनपार्टी भएकाले आगामी चुनावभित्रै यिनीहरुको अस्तित्व सकिने दावी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई छोपारे पार्टीको रुपमा व्याख्या गरे. । छेपारेपार्टीबाट मुलुकको परिवर्तन सम्भव नभएको तर्क गरे । रवि लामिछानेले एमसिसि परियोजनाको बारेमा आफ्नो धारण के हो सार्वजनिक गर्नुपर्ने बताए ।

नयाँ नेतृत्व सहित ५१ सदस्यीय नयाँ कमिटी चयन हुनेछ । सके सम्म सर्वसहमतवाट नयाँ नेतृत्व चयनगर्ने प्रयास भइरहेको राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटीका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । सबै पालिकावाट प्रतिनिधित्वहुनेगरी जिल्ला कमिटी बनाउने प्रयासमा छौं उनले भने । –00–

Share:

सम्बन्धित समाचारहरु