चितवन,८ भदौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ नजिकै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो गएको छ । शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध हुनपुगेको छ ।
अहिले सडक डिभिजन कार्यालयसंग समन्वय गरेर पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वि राजमार्गको चितवन खण्ड पटक–पटक अबरुद्ध हुने गरेको छ ।


