चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चैत १० काठमाण्डौ । काठमाडौंको चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो हेटौंडाबाट बल्खुतर्फ आइरहेको ना१ज ६३५४ नम्बरको टाटासुमोले विपरित दिशाबाट आउँदै गरेको बा९२प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।मृत्यु हुनेमा काठमाडौंको नागार्जुन नगरपालिका ६ का समिर गिरी र काठमाडौं महानगरपालिका १४ का नवीन्द्र तिमल्सीना छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा वल्खुस्थित वयोधा अस्पतालमा मृत्यु भएको हो।ठक्कर दिने टाटासुमोका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु