नारायणगढमा हिपहप मोवाइलको शोरुम उद्घाटन

रत्ननगर, ७ भदौं । नारायणगढको इन्द्रदेव मार्गमा विहीबार हिपहप मोवाइल हाउसको दोस्रो शोरुम उद्घाटन गरिएको छ । विगत १५ बर्ष देखि रत्ननगरको टाँडीबजारमा सेवा प्रदान गर्दै आएको सो मोवाइल हाउसले चितवनको मुख्य बजार नारायणगढमा शोरुम संचालनमा ल्याएको हो ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र मोवाइल हाउसका संचालक रतन भट्टले एक औपचारिक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरेका छन् । सो मोवाइल हाउस आइटेक र टेक्नो मोवाइलको चितवन र नवलपरासीको लागि आधिकारिक वितरक समेत हो । सो मोवाइल हाउसबाट आइफोन, सामसुङ, वान प्लस, रेडमी, रियलमी, आइटेल, एकनो, नोथिङ कम्पनीका मोवाइल तथा विभिन्न वरजिनल ब्राण्डका ल्यापटप सुलभ मुल्यमा विक्री गरिने संचालक भट्टले बताए ।

मोवाइल विक्रीसंगै शोरुममा मोवाइल मर्मत समेत गरिने छ । शोरुम उदघाटनको अबसरमा हरेक मोवाइलको खरिदमा १५ देखि २० प्रतिशत सम्म छुट सुविधा रहेको भट्टले जानकारी दिए । छुट सुविधा भदौं १० गते सम्मका लागि मात्र तोकिएको छ । संचालक भट्टले टाँडी बजारमा व्यवसायिक सफलतापछि व्यवसाय विस्तारको क्रममा इन्द्रदेब मार्गमा शोरुम संचालनमा ल्याएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष श्रेष्ठले मुलुकमा देखिएको आर्थिक संकटका कारण व्यवसायमा गम्भिर असर परेको बताए । आर्थिक संकटका वेला पनि हिपहप मोवाइल हाउसका संचालकले दोस्रो शाखा खोल्न गरेको आट सामान्य नरहेको बताए । उनले युवा व्यवसायी प्रोत्सहान कार्यक्रमका लागि उद्यमशिलता विकास कार्यक्रम ल्याउने तयारी गरेको बताए । उद्घाटन कार्यक्रममा मोवाइल एशोसियसन चितवनका अध्यक्ष प्रकास अर्याल, केन्द्रीय सदस्य दीपक प्रसाई र वागमती प्रदेश समितिका महासचिव सुरज पौडेल लगायतको सहभागिता रहेको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु