चितवन, ५ भदौं
भोली भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि (बुधवार) दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।
विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।
११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए । हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोलहरु सार्न लागिएको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए ।


