लक्ष्मण गौतम-
चितवन, २८ साउन ।(असी बर्षको वृद्ध शरीर ८ बर्षको पनातिको साहारा ) परिस्थिति र नियतिले ठगेको एउटा यथार्थ आठ दशक पार गरेका माडी ८ दक्षिण अयोध्यापुरीका बुढा हजुरबुबा त्रिलोचन सुवेदी र भर्खरै खेल्न सिक्दै गरेका पनाती सम्बाद सुवेदीको कथा । समयले मानिस लाई कतिबेला कसरी र कस्तो अबस्थामा पुर्याउछ भन्ने एउटा दुस्खद घटनाले मुटु घोची रहयो र पोख्न तयार भए ।
सुरेश सुवेदी (३०) को ४ बर्ष अगाडी माडीमा भएको सडक दुर्घटनामा टाउकोमा चोट लाग्यो तत्कालीन अबस्थामा हार गुहारगरि उपचार भयो अनि उनि सामान्य जीवन तिर फर्किए , गाउकै सिरानमा रहेको खानेपानी आयोजनामा प्लम्बिङ लगायतको काम गर्दथे । घरायसी अबस्था कमजोर रहेका कारण परिवार नै ज्याला मजदुरीमा भर पर्नु पर्ने अबस्था कै बिचमा असारको पहिलो साता सुरेश लाई टाउको दुख्ने र अत्यधिक ज्वरो आउने समस्या भएपछी माडी हुँदै भरतपुर पुर्याइयो ।
उनी अचेत भैसकेका थिए भरतपुर केही अस्पतालमा यता उता गर्दै केही दिन बिते । उपचारका लागि ल्याब टेस्ट लगायतका विभिन्न काम भए अन्तत प्राइभेट अस्पतालको महङो खर्च थेग्न सक्ने अबस्था भएन र सरकारी अस्पताल ल्याएर उपचार सुरु गरियो । रोगको कारण पत्ता लाग्यो धेरै दिन पछि , अन्तत डाक्टरको भनाइ अनुसार ४ बर्ष अगाडी भएको दुर्घटना र सोही चोटले दिमागमा पानी जमेका कारण अप्रेसन गर्नु पर्ने बाध्यता आइ लाग्यो । तीन हप्ता अगाडी देखि बेहोस बनेका सुरेशको साउन २ गते अप्रेसन गरियो ।
त्यति बेला सम्म गाउँ बाट ऋण काढेर ल्याएको करिव ३ लाख रुपैया खर्च भैसकेको रहेछ । अप्रेशन पछि पनि बिरामिको होस आएन , अप्रेशन त भयो तर बिरामी लाई महिनौ सम्म अस्पतालमा नै राख्न पर्ने अबस्था अनि टाउकाको उपचार महँगो औषधि चलाउन पर्ने भएपछी सुवेदी परिवार अलमल्ल परे । आर्थिक अभाबमा बिरामी लाई त्यही राख्ने या त्यसै घर लैजाने , रकम जुटाउन हारगुहार गरे तर महँगो औषधि र लामो समय सम्मको उपचार कठिन भयो।
बिरामीका परिवारले माडी बाट भरतपुर आइ बसेका साबिक अयोध्यापुरीवासीहरुको एउटा सामाजिक संस्था साबिक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजमा पुगेर रकम जुटाइदिन अनुरोध बमोजिम सुरेश सुबेदीका लागि सहयोग अभियान सुरु गरियो ।
त्यसको नेतृत्वदाही भुमिका मलाई दिइए बमोजिम आर्थिक सहयोग संकलन सुरु भयो । अभियान संकलन सुरु गरेकै केही दिनमा स्वदेश तथा बिदेशमा रहनु भएका आम नेपालीहरुले आर्थिक सहयोग जुटन थाल्यो , यता बिरामीको अवस्था स्थिर रहयो । अभियानमा केही दिन भित्रै सयौ सहयोगीहरु जोडिनु भयो र आर्थिक संकलन तीब्र भयो ।

यसैबीच आजभोली गर्दा गर्दै बिरामी शिथिल र बिरामी लाई थप रोगहरु थपिदै गए डाक्टरको अनेकौ प्रयासको बाबाजुद बिरामीको टाउकोमा फेरि पानी जमेको र पुन अर्को अप्रेसन गरियो । त्यसपछी उनको स्वास्थ्यमा उल्लेख्य सुधार नै आएन झन बढी रोगहरु थपिए, उनले रोगलाइ जित्न सकेनन , मेडिकल साइन्स पनि उनको अगाडी निरीह बन्यो । वाड , आइसियु , भेन्टिलेटर हुँदै अचेत अबस्थामै गत बिहीवार उनी यो संसार बाटै बिदा भए । सयौंको संख्यामा रहेका सहयोगी , आफन्तजन र अभियानका अगुवाहरु टुलुटुलु हेर्नू सिवाय केही रहेन ।
टिकाराम सुबेदीका एक्ला छोरा हुन सुरेश , एउटा बहिनी छ्न निर्मला जो झन्डै दुई महिना अस्पतालमै दाजुको सेवामा बिताइन । काका जितु र उहाकी छोरी सुमित्रा बिरामीका असल सहयोगी । पैसा त जुटयो तर सुरेश रहेनन , हजारौंको प्रयास असफल भयो । घरको दयनिय अवस्था लाई सुधार्न तथा अध्यन पूरा गर्न लाखौ रुपैया ऋण काढेर जापान पुगिन उनकी श्रीमति दुर्गा , जापान त पुगिन सोचेको जस्तो भएन भने जति काम गर्न नपाइने तथा अध्यन खर्चिलो भयो । आफुले खोजेर गएको रकमको ब्याज तिर्न पनि हम्मे हम्मे पर्यो ।
यता श्रीमानको बिग्रदो स्वास्थ्य अबस्थाले उनलाइ न कामको जागर न अध्यनको चासो । जापानमा रहेर अस्पतालको शैयामा रहेका अचेत श्रीमान लाई भिडियोमा हेर्नू बिकल्प केही थिएन । सुरेशको निधन पछि उनले श्रीमानको अन्तिम पटक मुख हेर्ने चाहाना बमोजिम सव लाई केही दिन अस्पताल नै ब्यबस्थापन गरियो । दुर्गा शनिबार चितवन पुगे सगै सुरेशको अन्तेष्ठी शनिबार देवघाटधाममा गरियो ।
कथा ८ बर्षका सम्बाद उनका पित ३० बर्षका स्व सुरेश अनि उनका ६० कटेका पिता टिकाराम र टिकारामका ८० नाघेका त्रिलोचन सुबेदीको हो । हिन्दु संस्कार अनुसार १३ दिनको कामका लागि पारिवारिक छलफल भयो । अन्तत ८० नाघेका त्रिलोचन आफ्नो पनाति सम्बादको दुखको सहयात्री बन्नुभो , सयौ सहयोगी , हजारौ सुभेच्छुकहरु सुरेश लाई अस्पताल बाट निको बनाएर माडी पठाउने चाहाना बिचैमा रोकियो । परिस्थितिले उल्टो रुप लियो वृद्ध बुढा हजुर बा पनाति डोर्याउदै माडी फर्कनुको बिकल्प भएन

लेखक लक्ष्मण गौतम, सुरेश सुवेदी बचाउ अभियानको नेतृत्व गरेका थिए ।-
।–00–

