देवघाटमा नुहाउँदै गरेका भुसाललाई नदीले बगायो

चितवन,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

 

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । बेपत्ता भुसालको खोजी भइरहेको छ । –00–

Share:

सम्बन्धित समाचारहरु