काठमाडौं, १६ साउन । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदरवारमा मंगलबार भएको बैठकमा प्रधानन्यायधीशस नियुक्तबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठकले प्रधानन्यायाधीशसबारे टुंगो लगाउने बताए। उनले भने, ुप्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बैठकको एजेण्डा थियो। तर रिक्त रहेका अन्य संवैधानिक निकायहरूको नियुक्तिको विषय पनि बैठकमा प्रवेश गर्यो। त्यही भएर निर्णय भएन।
अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछ। अध्यक्ष तिमिल्सिनाका अनुसार प्रधानन्यायाधीश नियुक्तिका लागि व्यक्ति विशेषका विषयमा छलफल भएन।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उपसभामुख इन्दिरा राना सहभागी थिए।–00–


