खैरहनी, १५ साउन । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का नव निर्वाचित समितिलाई बरबुझारथ गरिएको छ । खैरहनी वडा नं. ५ स्थित संग्रहालय भवनमा एक कार्यक्रमकाबीच पुरानो समितिले नव निर्वाचित कार्य समितिलाई बरबुझारथ गरेका हुन ।
संस्थागत कागजपत्र हस्तान्तरणपछि बोल्दै सभाका निवर्तमान सभापति चुडामणी महतोले नयाँ निर्वाचित समितिलाई सहयोगगर्ने प्रतिवद्धता जनाउनुभयो ।
आफ्नो कार्यकालमा जिल्लाकै लोकप्रिय महोत्सव खिचरा महोत्सव सफल बनाउन सहयोगगर्नुहुने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि आफु संस्थामा सक्रिय भएरनै सहयोगगर्ने बताउनुभयो । म सधै संस्थाकै वरिपरि भएर सहयोगगर्नेछु उहाँले भन्नुभयो – ’म मात्रै होइन मेरो टिमका प्रत्येकले नयाँ समितिलाई सहयोगगर्नेछन्।’
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चौधरीले कार्य योजना बनाएर अगाडी बढ्न नयाँ समितिलाई सुझाव दिनुभयो । सबैसँग हातेमालोगर्दै अगाडीबढ्न सके संस्थागत विकासहुन धेरै समय नलाग्ने उहाँले जोड दिनुभयो । स्थानीय सरकारदेखि यहाँका सबै सामाजिक संघसंस्था, व्यवसायिक संघ संस्थाहरुसँग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा थारु कल्यााणकारिणी सभाका जिल्ला उप सभापति चन्द्रविक्रम चौधरी, खिचरा महोत्सवका संयोजक कृष्णलाल महतो लगायतले संस्थागत विकासका लागि बोल्नुभएको थियो ।
कार्यक्रममा नव निर्वाचित सभापति रामेश्वर चौधरीले संस्थागत विकासका लागि सधै सक्रिय भएर लाग्ने बताउनुभयो । पुरानो समितिले दिएको जिम्मेवारी आफ्नो कार्यकालमा पुरागर्ने उहाँको भनाई छ । पुरानो समितिले १९ लाख रुपैयाँ ऋण सहित संस्थागत कागजपत्र नयाँ समितिलाई बुझाएका हुन । यसमा ८ लाख रुपैयाँ विभिन्न ठाउँबाट रकम उठ्न बाँकी छ ।
नयाँ समितिलाई पुरानो समितिले ऋण मात्रै बझाएका छैनन् । संस्थागत विकासको क्रममा केही चल अचल सम्पति समेत जोडेका छन् । खिचरा महोत्सव आयोजना हुँदा गेटबनाउन खरिद गरिएका सामग्री देखि संग्राहालय भवनमा पंखा लगायत केही चलअचल सम्पति जोडिएको निवर्तमान सभाति चुडामणी महतोले जानकारी दिनुभयो । थाकस पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरी, थाकस, पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी लगायत थाकसका नयाँ र पुराना समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।
क्षेत्र नं. ७ मा ११६५ जना सक्रिय सदस्यहरु छन् ।









