भरतपुर, १५ साउन । रोटरी क्लब अफ नारायणी मिड टाउन तथा महिला उद्यमी संघ नेपाल, चितवनको संयुक्त आयोजनामा जीवन बीमा सम्बन्धी तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ नारायणी मिट टाउन तथा महिला उद्यमी संघ नेपाल चितवनबाट २३ जना सहभागी रहेको तालिममा जोन ३६ का एसिस्टेन्ट गर्भनर दिनुप कुमार बराल प्रमुख अतिथि रहनुभएको थियो ।
आइएमई लाईफ इन्सोरेन्सका यसु ढुंगाना र उज्वल खनाल स्रोत व्यक्तिको रुपमा रहनुभएको कार्यक्रममा जीवन बीमाको महत्व र यसबाट हुने फाईदाको बारेमा छलफल भएको थियो । हाकिम चोक स्थित मिड टाउन रिसोर्टमा भएको तालिम नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधानको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।