नवलपुर, १६ जेठ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनाश हेचरीको गोदाम घरमा आगलागी भएको छ ।
गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनाश हेचरीको गोदाममा सोमबार दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।
पाठकका अनुसार आगलागीबाट २ करोड ५० हजार बराबरको धनमाल जलेर क्षति भएको छ ।
आगो स्थानीय प्रहरी, स्थानीय बासिन्दा, भरतपुर महानगरपालिकाको दमकल र कावासोती नगरपालिकाको दमकलले साढे ३ बजेतिर नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण आए पनि पूर्ण विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

