भरतपुर, १४ साउन । घरको भान्छाबाट निस्किने फोहोरलाई व्यवस्थापनगरी मल बनाउने तालिम भरतपुरमा आयोजना गरिएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन तथा महिला उद्यमी संघ नेपाल, चितवनको संयुक्त आयोजनामा भान्छाकोठाबाट निस्किने जैविक फोहोरलाई व्यवस्थापनगरी मल बनाउन सकिने विषयमा तालिम आयोजना गरिएको हो ।
रोटरी इन्टरनेशनलको इन्भारोमेन्ट सपोर्ट भन्ने उद्देश्यले आयोजना गरिएको तालिममा ३५ जनाको सहभागिता थियो ।
भान्छा घरको जैविक फोहोरको उचित व्यवस्थापन कसरीगर्ने घर, करेसाबारी, बगैचाबाट निस्किएका जैविक फोहोरहरुको व्यवस्थापन कसरीगर्ने यस्ता जैविक फोहोरबाट मल कसरी बनाउने विषयमा तालिम प्रदान गरिएको थियो । मल बनाउने प्रविधि तथा मलको संरक्षण, कौसीखेतीका लागि अपनाउनुपर्ने प्रविधि, रासायनिक मल तथा किटनाशक औषधीको प्रयोगवाट हुने हानी नोक्सानीबारे तालिममा जानकारी दिइएको थियो । तुलसी ज्ञवाली श्रोत व्यक्ति रहनुभएको तालिममा चितवन इङ्गलिस सेकेन्डरी बोडिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष गायत्री श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
सोही विद्यालयका प्रिन्सीपल तथा रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्ष केशवकुमार श्रेष्ठ विशिष्ठ अतिथि रहनुभएको थियो । कार्यक्रम रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अपर्णा प्रधानको अध्यक्षतामा आयोजना गरिएको हो ।






–00–


