साकी ईटनीको ‘जीवन साथी’ सार्वजनिक -भिडियो सहित

चितवन, ९ साउन । चितवनको सेरोफेरोमा छायाँंकन गरिएको ‘जीवन साथी’ बोलको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ । ‘साकी ईटनी’ नामको यूटूब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा चितवनकी चेली साकी ईटनी र जिवन गिरीले गरेको अभिनय प्रशंसागर्न लायक छ ।

गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वर रहेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन । टिका बोम्जनको शव्द तथा संगीतलाई साहस शाक्यलेले एरेन्ज गरेको यो गीतलाई साजन साहले मिक्सीङ मास्टरिङ गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई विशाल घिमिरेले सम्पादन गरेको हुन ।

भ्यूजिक भिडियोको सम्पादनपक्ष देखि छायांकनको पक्षलाई पनि खुलेर प्रशंसागर्न लायक बनेको छ ।

साकी ईटनी चितवनकी चेली हुन । हाल अष्टेलियामा बसोबासगर्दै आएकी छिन् । यस अघिपल शाह र प्रियंका कार्कीसँगै ब्युटीपार्लर बोलको गीतमा पनि साकी इटनीले अभिनय गरेकी छिन् । यस्तै चट्टमायालु बोलको गीतमा पुष्प खड्का र आकाश श्रेष्ठसँ अभियन गरेकी छिन् । यसैगरी मलाई तिमी प्यारो लाग्छ बोलको गीतमा नायक आकाश श्रेष्ठसँग पनि काम गरिसकेकी छिन् ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु