भरतपुर महानगरका ३० जना युवालाई निःशुल्क कपाल काट्ने तालिम

भरतपुर, ६ साउन । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले भरतपुर महानगरका ३० जना युवालाई निःशुल्क कपाल काट्ने तालिम दिने भएको छ । नयाँ पुस्तालाई सीप सिकाउने उद्देश्यले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा निशुल्क तालिम दिन लागेको भरतपुरमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । युनिसेक्स सैलुनले ४५ दिन सम्म निःशुल्क तालिम दिनेछ ।

 

महानगरको प्रत्येक वडावाट प्रतिनिधित्वहुनेगरी तालिममा सहभागीता गराईने युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले जानकारी दिए । तालिम लिएकाहरुले कम्तीमा १५ वटा स्कुलमा गइ भोलेन्टियर रुपमा कपाल काट्नुपर्ने छ । १५ वटा स्कुलमा पुगेर १०० जना विद्यार्थीको कपाल काटेपछि मात्रै तालिम सफलता पूर्वक सम्पन्न गरेको मानिनेछ ।  यो आधारभूत तालिम हुनेछ । यसमा दाह्री र कपाल काट्न सिक्नेछन् । तालिममा सहभागीताका लागि प्रत्येक वडासँग समन्वय गरेर अगाडी बढ्ने सञ्चालक सिग्देलले बताए । अन्यबेला यो तालिम लिन २० हजार रुपैयाँ शुल्कतिनुपर्नेहुन्छ ।

अहिले पनि २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ शुल्क तिरेरै सैलुन सम्बन्धी सीप सिक्नआउने २ महिला सहित १७ जना छन् । ४५ दिनको प्याकेज लिनेहरुले २० हजार रुपैयाँ शुल्क बुझाउँछन भने ६ महिनाको प्याकेज लिनेहरुसँग ५० हजार रुपैयाँ सम्म शुल्क लिनेगरेको सञ्चालक सिग्देलले बताए । अहिले सम्म ३ हजार बढीले तालिम लिइसकेका छन् । ति मध्ये २२ जनाले व्यवसायीक रुपमै सैलुन सञ्चालन गरिरहेका छन भने अन्य विदेशमा छन् । कालिका नगरपालिकाको ३ वटा विद्यालयमा निःशुल्क सैलुन अभियान समेत पपुलर युनिसेक्स सैलुनले सञ्चालन गरेको छ । कालिकामा मात्रै ३ वटा विद्यालयमा २ सयजना विद्यार्थीको निःशुल्क कपाल काटिएको युनिसेक्स सैलुन सञ्चालक सिग्देलनको भनाई छ ।

हरेक शुक्रवार सामाजिक कामका लागि स्कुल स्कुल पुगेर विद्यार्थीहरुलाई निःशुल्क कपाल काट्ने अभियान संचालन भइरहेको छ । नेपालमा बेरोजगार भएर बसेका युवाहरुका लागि राम्रो आम्दानीगर्न सकिने पेशाको रुपमा सैलुन पेशा फष्टाउँदै गएको छ । सीप सिकेपछि नेपालमा मात्रै नभई विदेशमा समेत राम्रो अवसर पाइने भएको शुल्क तिरेरै भएपनि कपाल काट्न सिक्ने आउने युवाहरुको उपस्थिती बढ्दै गएको सैलुनका सञ्चालक सिग्देलको अनुभव छ । कम खर्चमा राम्रो आम्दानीहुने पेशाको रुपमा सैलुन व्यवसायलाई लिने गरिन्छ ।

–00–

Share:

सम्बन्धित समाचारहरु