काठमाण्डौं, २८ असार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीहरूलाई सरकारले कारबाही गर्ने बताएकी छिन् ।
बिहीवार राष्ट्रिय सभामा आउँदो आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी कानुनअनुसार कारबाही प्रक्रिया भइरहेको बताएकी हुन् ।
उनले भनिन्, ‘ठगी गर्ने सहकारीहरूको जाँचबुझ गरी कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । मन्त्रालयले अहिलेसम्म ४९ वटा जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण गरिसकेको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको छ र १३ वटा जिल्लाको तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको छ ।’