हेलिकोप्टर दुर्घटना- मृतकको शव काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम

काठमाडौं,२६ असार। मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौं ल्याइएको छ ।

शवलाई पोष्टमाटर्मको लागि काठमाडौं ल्याइएको हेलिटुर सेवा प्रदायक कम्पनी एभेरेष्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताए । उनीहरूको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको पाण्डेले बताए । सोही कम्पनीमार्फत उनीहरु ‘माउन्टेन फ्लाइट’मा गएका थिए ।

मंगलबार बिहान मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके ५ लामजुरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँचजना मेक्सिकन नागरिक गरी सवार ५ जनाकै मृत्यु भएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु