ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, २२ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी भएका निर्णयमा संलग्न भएको भनिएका पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । पक्राउ पुर्जी जारी भएका पूर्वसचिवहरुमा युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण मलेगो छन् । पन्त पूर्वमन्त्रीसमेत हुन् । पाँचै जना तत्कालीन सचिवहरू नीतिगत निर्णयका आधारमा अनुसन्धानमा तानिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा संलग्नविरुद्ध मुलुक ऐन र संगठित अपराध निवारण ऐन बमोजिम अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा १७ जना पूर्वसहसचिवसहितका कर्मचारी पनि जोडिएका छन् । उनीहरुविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको प्रहरीले जनाएको छ । त्यसमध्ये केही पक्राउ परिसकेका छन् ।–00—

Share:

सम्बन्धित समाचारहरु