चितवन, १८ असार । नारायणगढ – मुग्लिङ सडक खण्डमा गुडिरहेको ट्रकमा पहिरो खस्दा एकजना घाइते भएका छन् ।
इच्छा कामना गाउँपालिका वडा नं. ५ स्थित तीन नं. पुलमा काठमाण्डौं जाँदै गरेको ना.६ ख ७१० नं को कण्टेनर(डिब्बा) बोकेको ट्रकमा माथीबाट खसेको पहिरोेले क्षति पुर्याएको छ । बाटोकै छेउमा रहेको माटोको ढिस्कोमा ट्रक पल्टिदा ट्रकका चालक पर्सा जिल्ला बस्ने ३५ वर्षका रामकुमार घाइते भएका छन् । उनलाई स्थानीय हाइवे अस्पतालमा स्वास्थ्य उपचारका भइरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ ।
अहिले बाटो अवरुद्ध भएको छ । उक्त कन्टेनर हटाउन पहल भइरहेको प्रहरीको भनाई छ ।

–00–

