कालिकामा पनि धान दिवस तथा रोपाई महोत्सवको आयोजना,प्रविधिको प्रयोगमार्फत लागत घटाउनुपर्नेमा जोड

कालिका, १५ असार । २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनको कालिकामा पनि आयोजना गरिएको छ । जलवायु अनुकलित कृषकमैत्री, प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ कालिका नगरपालिकाको वडा नं. ८ स्थित भर्लाघारीमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई संवोधनगर्र्दै नगर प्रमुख विनोद रेग्मीले लागत घटाएर उत्पादन बढाउने तर्फ ध्यान आवश्यक रहेको जोड दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको नगर प्रमुख रेग्मीले जलवायु परिवर्तनका कारण पानीको सतह पहिलेको तुलनामा सहज नभएकाले धान उत्पादनमा कमि आउँदै गएको बताउनुभयो ।

कृषिक्षेत्रमा लाग्ने कृषकहरुले प्रविधिको प्रयोग मार्फत लागत घटाउनसके त्यसवाट राम्रो आम्दानीहुन सक्ने बताउनुभयो । कृषि क्षेत्रलाई नगरपालिकाले सधै प्राथमिकतामा राख्दै आएको उहाँले जानकारी दिनुभयो । यो पटकको बजेटमा पनि कृषि क्षेत्र पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेका छौं – उहाँले भन्नुभयो । कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाश चन्द्र पौडेलले संचालनगर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो । कालिका नगरपालिकाकी उपप्रमुख विमला तमाङ, स्थानीय विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, नगरक्षेत्रभित्रका सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम स्थानीय लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लि. का अध्यक्ष बुलकुमारी पुलिमगरको अध्यक्षतामा आयोजना गरिएको थियो ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु