दिउँसैदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलेन, पहिराे खसेकाे खस्यै

चितवन, १४ असार । सुक्खा पहिरोका कारण आज बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन ।

इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखि सडक बन्द भएको हो । दिउँसो केहीबेर पहिरो पञ्छाउने काम भए पनि पहिरो खस्ने क्रम नरोकिएपछि अहिलेसम्म सडक बन्द नै रहेको छ ।

अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा परेका छन् । अहिले काठमाण्डौबाट छुट्ने गाडी काठमाण्डौमै रोकिएका छन् भने पूर्व र पश्चिमबाट काठमाण्डौतर्फ आउने गाडी नारायणगढ आसपासमै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खस्ने क्रम रोकिएमा राति पनि पन्छाउने काम हुने र यसका लागि तीन वटा मेशिन उपलब्ध भएमा झन्डै पाँच घण्टामा सडक खुलाउन सकिने प्रहरीको भनाइ छ ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।

तस्विरः विनोद श्रेष्ठ

 

–00–

Share:

सम्बन्धित समाचारहरु