कालिका,१० असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ८१ कराेड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ ।
नगरकाे जारी नगरसभामा उपमेयर विमला तमाङले उक्त बजेट सार्वजनिक गरेकी हुन ।
नगर यातायात, सडक संजाल विस्तार, निशूल्क हटलाईन सेवा, नागरिक सहायता कक्षवाट गुनासा सुनुवाइगर्ने लगायतका विषयलाई नगरपालिकाले जाेड दिएकाे छ ।
सामुदायिक विद्यालयमा भवन निमार्ण, स्कुल बस संचालनकाे विषयसंगै पूर्वाधार निमार्णलाई समेत बजेटमा राखिएको छ । विषयगत बजेट भने प्रस्तुतहुन बाँकी छ । यस अघि नगरले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।
याे वर्ष बजेट कटाैती भएर आएपनि गाैरवका आयाेजनाहरू सम्पन्न गर्ने जिम्मेवारी नगरपालिकासंग रहेको मेयर विनाेद रेग्मीले जानकारी दिए । असार २५ गते दिनकाे १ बजे पुन विषयगत बजेट सहित नगरसभा हुने निर्णयगर्दै आजकाे बैठक सकिएकाे छ ।



–00–

