चितवन, ३१ बैशाख । यो वर्षको थारु बेष्ट सिंगर अवार्ड गायक श्री निवास चौधरी प्राप्त गरेका छन् ।
नयना बोलको गीतले उनलाई बेष्ट सिंगर अवार्ड दिलाएको हो । चितवनको खैरहनीमा शनिवार साँझ सम्पन्न राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड कार्यक्रममा यो वर्षको बेष्ट सिगर सहित विभिन्न १८ वटा विद्यामा अवार्ड वितरण गरिएको छ ।
थारु कलाकार सभा, चितवनले खैरहनी पाटी भेन्युमा आयोजना गरिएको राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्डको राप्ती नगरपालिकाका प्रमृुख शमसेर लामाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मेयर लामाले भाषा तथा संस्कृति संरक्षणमा थारु समुदाय अगाडी रहेको बताए । आफ्नो कला संस्कृतिसँगै भाषा संरक्षणमा गीत संगीतले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख लामाले बताए । पूर्वी चितवनमा देशैभरको थारु कलाकारहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको उनको भनाई छ ।
कार्यक्रममा थारु गीत संगीतदेखि कलाकारिता क्षेत्रमा लामो समयदेखि कामगर्दै आएका अभिनेता एवम निर्माता/ निर्देशक परशुराम चौधरीलाई सम्मान समेत गरिएको छ । सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै निर्देशक चौधरीले थारु समुदायको गीत संगीतले देशकै नेतृत्वगर्ने अवस्थामा पुग्न लागेको बताए ।
लामो समयको संघर्षपछि थारु समुदायको गीत संगीत नेपाली कलाकारिता क्षेत्रमा ब्राण्डिङको रुपमा स्थापित हुँदै गएको दावी गरे । बलिउडमा साउथ क्षेत्रको हाबी बढेसरह नेपालमा पनि थारु समुदायको गीतसंगीतले मार्केट ओग्टने उनको भनाई छ । हामीले बनाउने चलचित्र होस या,म्यूजिक भिडियोहरु नै किन नहोस त्यो सबैले बुझ्ने भाषामा पनि डबगरेर कामगर्ने हो भने थारु म्यूजिक क्षेत्रले देशकै प्रतिनिधित्वगर्ने बेला आउन सक्ने बताए । विगत ४० वर्षदेखि थारु कलाकारिता क्षेत्रमा विताउँदा आफुले भोगेको तितामिठा अनुभवलाई सुनाएका थिए ।
अवार्ड समारोहमा मनलागेना बोलको गीतलाई समेत सम्मान गरिएको छ । यूटुबमा करोड क्लबमा प्रवेश गरेको भन्दै मन लागेना बोलेको गीतलाई सम्मान पत्रले सम्मान गरिएको थियो । यो गीतका गायक आरके थारु लगायतका टिमले पुरस्कार ग्रहण गरेका थिए ।
थारु कलाकरा सभाका सभापति सुरेश चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरी, लगायत विभिन्न विद्याका कलाकारहरुको उपस्थिती थियो । पहिलो पटक चितवनमा आयोजना गरिएको राष्ट्रिय थारु म्यूजिक अवार्डमा कुन कुन विद्यामा कुन कुन कलाकारले अवार्ड पाए ?
१)श्रृंगार तर्फ :सरु ओलि (राजारानि बोलको गित)
२)भेषभुषा : रोहित चौधरी (चमचम चमके)
३)संगित संयोजन : गणेश चौधरी (बिन्दिया बोलाये सजना)
४)रङ्ग संयोजन : सुरज महतो (राजारानी )
५)सम्पादन :सतिश सिन्हा(धुर उराके)
६)नृत्य निर्देशक : कोडियोग्राफर अजय महतो (पावनी जितिया)
७)शब्द : उपेन्द्र चौधरी (पावनी जितिया)
८)छायांकन : रमेश चौधरी (राजारानी)
९)निर्देशक : रजनिश चौधरी (का यहे हो माया)
१०)संगितकार : गणेश चौधरी (बिन्दिया बोलाये सजना)
११)बेस्ट फिमेल लोक बिधा(best female folk ) : गायिका समिक्षा चौधरी (घोङी चटना)
१२)बेस्ट मेल लोक बिधा ( best male folk) : गायक राज कुश्मी ( महिरावन)
१३) Future of model female : नेहेल्जा कुश्मी (तु मोर जिन्दगानी)
१४) future of model new best : अस्मिता चौधरी ( अब ना जा व)
१५)future of model male: नितेश चौधरी (जन्मो जनम)
१६)future of model new best : नवीन लेखी(जनम जनम कि नाता)
१७)popular Best female actress : नेहा चौधरी (बिन्दिया बोलाये सजना)
१८)बेस्ट अभिनेत्री : प्रतिभा चौधरी (आ जा ना )
१९)बेस्ट गायिका : अनुमा चौधरी (राजारानि)
२०) पपुलर बेस्ट गायिका : अनु चौधरी ( बिन्दिया बोलाये सजना)
२१) Best Hunk Model of the year actor : मुकुन्द जि.सि.( आवना सजना)
२२) Best Hunk Model of the year Best Actor: देब महतो ( दिल कहे हर बार)
२३) popular Best Singer : आर.के .थारु (का यहे हो माया) २४) Best Singer : श्री निवास चौधरी ( नयना)
२५) ध्वनी मिश्रण : चन्द्र चौधरी ( बिन्दिया )
अवार्ड समारोहमा कुन कुन विद्यावाट कुन कुन गीत नोमिनेसनमा परेका थिए ?
अडियो तर्फ
शब्द
१ यलै रे माघि – सुनिल चौधरी
२ आाजाना आाजाना – खीम क्षेत्री ९प्रीन्स अकिन ०
३ मौसम दिवाना लागे – बुद्दीराम महत्तो
४ पावनी जितिया – उपेन्द्र चौधरी
५ इसारा करे नयन – धिरज चौधरी
संगीत तर्फ
१ मौसम दिवाना लागे( बुद्दिराम महत्तो
२ राजा रानी – रोहित सिं चौधरी
३ विन्दिया बोलाए सजना – गणेश चैधरी
४ माघी तिला संक्र्रान्ती – गणेश चौधरी
५ पावनी जितिया – अषिस चौधरी
संगीत संयोजन तर्फ
१ विन्दीया बोलाए सजना – गणेश चौधरी
२ चम चम चम्के – गणेश चौधरी
३ यलै रे माघि – सूरज श्रेष्ठ
४ का यहे हो माया – गणेश चौधरी
५ गौरी गौरी – गणेश चौधरी
गायिका तर्फ
१ बिन्दिया बोलाए सजना – अन्नु चौधरी
२ गोरी गोरी – अनुमा चौधरी
३ नया साल हो हमर – सोनु कुस्मी
४ राजा रानी – अनुमा चौधरी
५ दुल्लु लाल – सोनु कुस्मी
गायक तर्फ
१ नयन – श्री निवास चौधरी
२ मौसम दिवाना लगे – खेम चौधरी
३ का यहे हो माया – आर के थारू
४ माघी ३ – रोहित सिह चौधरी
५ तुहि हमर जिनगी – सुनिल चौधरी
लोक गायक र गायिका तर्फ
१ लेहेङ्गा फरियम – राजु रतगैया
२ महिरावन – राज कुस्मी
३ घोङ्गी चटना – केशव राज महतो
४ घोङ्गी चटना – समिक्षा चौधरी
ध्वनी मिश्रण तर्फ
१ बिन्दिया बोलाए सजना – चन्द चौधरी
२ राजा रानी – चन्द चौधरी
३ हमरे दुलहा भैया – प्रकाश के।सि
४ दुल्रु लाल – चन्द्र चौधरी
५ नया साल हो हमर – चन्द्र चौधरी
भिडियो तर्फ निर्देशक
१ का यहे हो माया – रजनिश चौधरी
२ झोबन्ना टिकुली – कबिराज महतो
३ राजा रानी – हिरा चौधरी
४ वारी फुलवरिया – सुधराम दहित
५ सातौं जुनि २ – हिरा चौधरी
नृत्य निर्देशक तर्फ
१ कजरारी अखियासे गोरी – विशाल गुरौ
२ विन्दिया पगला तु मोर सजना – सन्दिप चौधरी
३ इ दिल – नवराज सुवेदी
४ गेन्दा फुला – रजनिश चौधरी
५ पावनी जितिया – अजय महतो
छायांकन तर्फ
१ कजरारी अखियासे गोरी – निरज चरन देव महतो
२ राजा रानी – रमेश चौधरी
३ तु मोरिक दिलके धडकन – हरद्वारी राना ९एच।डि।आर०
४ मिठ मुस्की – सतिस सिन्हा
५ का यहे हो माया – बिक्रम चौधरी
अभिनेता तर्फ
१ आवन सजना – मुकुन्द जि।सि
२ दिल कहे हरबार – देव महतो
३ यलै रे माघी – गोविन्द चौधरी
४ पागल कहे जमाना – विरु चौधरी
५ वो साथी रे – वीर चौधरी
अभिनेत्री तर्फ
१ सातौ जुनि २ – मुस्कान चौधरी
२ बिन्दिया बोलाए सजना – नेहा चौधरी
३ आजाना आजाना – प्रतिभा चौधरी
४ तुहि हो प्यार तु सन्सार – समिता गिरी
५ आउ गोरी – सर्मिला चौधरी ९समु०
अभिनेता नयाँ तर्फ
१ यलै रे माघी – प्रलाद चौधरी
२ जनम जनम के नाता – नवीन लेखी
३ बिन्दिया बोलाए सजना – इशान राना
४ इशारा करे नयन – नितेश चौधरी
अभिनेत्री नयाँ तर्फ
१ जनम जनम के नाता – विन्जु धामी
२ तु मोर जिन्दगानी – नेहेल्जा कुस्मी
३ माघि तिला सक्रान्ती – प्रियका चौधरी
४ अब ना जाव दुर तु – अस्मिता चौधरी
५ यलै रे माघी – वन्दना चौधरी
भेष भुषा तर्फ
१ मोर ज्यान लेगइल – रोहित चौधरी
२ चम चम चम्के – रोहित चौधरी
३ सातौ जुनि २ – अनिता तामाङ
५ नयना – अनिता तामाङ
श्रींगार तर्फ
१ कजरारी अखियासे गोरी – सरु बोली
२ नजर से नजरिया २ – अनुषा चौधरी
३ राजा रानी – सरु ओली
४ का यहे हो माया – अनुषा चौधरी
५ इशारा करे नयन – अनुषा चौधरी
सम्पादक तर्फ
१ तुहि हमर जिनगी – सुरज महतो
२ सातौ जुनि २ – सुरज महतो
३ मिठ मुस्की – सतिस सिन्हा
४ खेली होलि – सतिस सिन्हा
५ धुर उराके – सतिस सिन्हा
रङग संयोजन तर्फ
१ राजा रानी – सुरज महतो
२ माय के जाल मे – महेश कुमार
३ गेन्दा फुला – श्रवण कुमार चौधरी
४ हमे तोरा – विशाल चौधरी
५ माघि तिला सक्रान्ती – सुरज महतो

