चितवन,६ असार । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।
आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।–00–


