मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन पाट
भरतपुर,२ असार । नेपाल मगर विद्यार्थी संघ चितवनको अध्यक्षमा मिलन थापामगर (पाटा) चयन भएका छन्। शनिबार भरतपुरमा सम्पन्न १८औँ अधिवेशनबाट पाटाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
संघको उपाध्यक्षमा प्रीज्मा आलेमगर, सचिवमा प्रतीक आलेमगर, कोषाध्यक्षमा एञ्जिला रानामगर र सह–सचिवमा एलएम पेमीमगर चयन भएका छन्।
सदस्यहरूमा भने मुना लम्तरीमगर, अनिष थापामगर, अमृता थापामगर (हु), अमृता थापामगर, आसु थापामगर, दीक्षा रानामगर, सुजन आलेमगर, सोनम आलोमगर, हिमानसिंह आलेमगर, निर्मला थापामगर, प्रतीमा रानामगर, बीना थापामगर, अमृत आलेमगर, पर्वत रानामगर जीवन सारूमगर र प्रतीक श्रीषमगरलाई चयन गरिएको हो।–00–


