भरतपुर महानगरले हटाउन थाल्याे चौविसकोठीका अवैध संरचना

भरतपुर, २१ जेठ । भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा हटाउन सुरु गरेको छ । संरचना हटाउन महानगरले डोजर चलाएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकल कलेज नजिक बनाइएको टहरा आज भत्काइएको हो ।

 

पुलचोक–गोन्द्राङ सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको वडाध्यक्ष खनालले बताए । अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेरी गरिएपछि डोजर चलाउनु परेको उनले बताए । याे क्रम जारी रहने छ । अन्य थुप्रै ठाउँमा पनि यस्तै संरचनाहरू बनेका छन् । क्रमश हटाउँदै जाने अध्यक्ष खनालले बताए । –00–

Share:

सम्बन्धित समाचारहरु