थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को क्षेत्रीय सभापतिमा रामेश्वर चौधरी निर्वाचित

– जितेन्द्र चौधरी/सेतो नेपाल
खैरहनी, २० जेठ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को क्षेत्रीय सभापतिमा रामेश्वर चौधरी निर्वाचित भएका छन् ।

सभापति लगायत केही पदमा पटक पटक सहमति जुटाउने प्रयास भएपनि सहमति नजुटेपछि आज निर्वाचन भएको थियो । चुडामणी चौधरीलाई ११ मतले उछिन्दै रामेश्वर चौधरी सभापति पदमा निर्वाचित भएका हो । १७१ मत खसेको निर्वाचनमा चुडामणी चौधरीले ६५ मत प्राप्त गरेका थिए भने रामेश्वर चौधरीले ८६ मत प्राप्त गरेर विजयी भए ।

यस्तै उपसभापति पदमा विमाल चौधरी, गुजेश्वरी चौधरी र सुरेन्द्र महतो निर्वाचित भएका छन् । विमला चौधरीले ९० मत प्राप्त गरिन भने गुजेश्वरी चौधरीले ७५ मत प्राप्त गरिने । यस्तै सुरेन्द्र महतोले ७४ मत प्राप्त गरे ।

यस्तै सचिव पदमा दिलिप चौधरी सर्वसहमत चयन भएका छन् । सह सचिवपदमा भने सूर्यविक्रम चौधरी सर्वसहमत चयन भएका छन् ।

 

 

यस्तै कोषाध्यक्ष पदमा जितवहादुर चौधरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी कौशिला चौधरीलाई ३२ मतले पछाडीपार्दैै जितवहादुर विजयी बनेका हुन । जितबहादुरले ९५ मत प्राप्त गरे भने कौशिला चौधरीले ६३ मत पाइन ।
अन्य सदस्यहरुमा विक्रमिया चौधरी, रञ्चित चौधरी, मनोज चौधरी, सरोज चोधरी, राजकुमार दहित, संजय महतो, विकन महतो(थारु) र कालिका चौधरी सर्वसहमत चयन भएका छन् । जम्मा मत संख्या २ सय १० रहेकोमा निर्वाचनको क्रममा १ सय ७१ मत मात्रै खसेको छ ।

जिल्ला प्रतिनिधिहरुको नाम भने यस अघिनै घोषणा भइसकेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु