रत्ननगर, २० जेठ । पूर्वी चितवनको रत्ननगरमा श्रीमानले श्रीमतिमाथी छुरा प्रहार गरेका छन् ।
रत्ननगर वडा नं १५ हातेमालो टोलका राजन रेग्मीले श्रीमति अनिता रेग्मीलाई आज विहान छुरा प्रहार गरेका हुन । अनिताको गम्भीर अबस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लामो समय देखि घरायसी विवादका कारण रेग्मी दम्पती सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेका थिए ।
शुक्रबार राती श्रीमान र श्रीमती बीच झगडा परेको थियो । उनीहरुका एक छोरा दुई छोरी छन । विहान साढे छ बजे छोरा शौचालय गएको मौका छोपी राजनले श्रीमतिलाई छुरा प्रहार गरेको प्रहरीले जनाको छ । राजन रेग्मी फरार छन । –00–


