सांसद विकास कोषप्रति बालेनको टिपप्णी- बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिप्पणी गरेका छन् ।

 

उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बनेको भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्ष को लेबलमा आउनु भयो । वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु