सबैभन्दा धेरै वडा न. ६ ले आन्तरिक आम्दानीगर्यो

कालिका नगरपालिकाले साढे २ करोडबढी आन्तरिक आम्दानी गर्न सफल (कुन वडाले कति आम्दानीगर्यो)

कालिका, १३ जेठ । कालिका नगरपालिकाले आर्थिक वर्ष २०७९ / ८० को चैत्र मसान्त सम्म ६१ करोड ८६ लाख १२ हजार ८ सय ५ रुपैयाँ ५७ पैसा आम्दानी गर्न सफल भएको छ।

यस्तै आर्थिक वर्षमा ३८ करोड, ३५ लाख १९ रुपैयाँ, ८४ पैसा खर्च भएको छ ।

यस्तै आर्थिक वर्ष २०७९÷८० बैशाख १५ गते सम्म नगरपालिकाले २ करोड ५८ लाख ५६ हजार ६ सय ४१ रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको छ । जस मध्ये १ करोड ५ लाख ६५ हजार १ सय ९२ रुपैयाँ ६७ पैसा वडावाट आम्दानी भएको छ ।

कालिका नगरपालिकाको ११ वडा वडा मध्ये सबैभन्दाबढी वडा नं. ६ ले आन्तरिक आम्दानी गरेको छ। वडा नं. ६ ले १८ लाख ८९ हजार ९ सय ४९ रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

कुन वडाले कति आम्दानी गर्न सफल भयो ?
वडा न. १, ९ लाख, २६ हजार ३ सय १५ रुपैयाँ ।
वडा न.. २, ११ लाख ४७ हजार ७ सय २६ रुपैया, १७ पैसा ।
वडा नं. ३, १३ लाख २ हजार, ३ सय ३० रुपैयाँ ।
वडा नं. ४, ७ लाख ५३ हजार ५ सय १३ रुपैयाँ ।
वडा नं. ५, ११ लाख ५ हजार ५ सय १३ रुपैयाँ ।
वडा नं. ६, १८ लाख ८९ हजार ९ सय ४९ रुपैयाँ ।
वडा नं. ७, १४ लाख ८५ हजार ७५ पैसा ।
वडा नं. ८, ११ लाख२३ हजार १ सय ७५ रुपैयाँ ।
वडा नं. ९, ७ लाख ६२ रुपैयाँ ।
वडा नं. १०, ८१ हजार ९ सय १० रुपैया ।
वडा नं. ११, हजार, ६ सय ११ रुपैयाँ ।

Share:

सम्बन्धित समाचारहरु