काठमाडौं, १३ जेठ । नेपालमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू(भागहरूका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावा(हुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ ।
राती कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ – गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।–00–
