जुटपानी खानेपानी बनाउन योगदान गरेका होमबहादुर गुरुङ फेरी चुनावी मैदानमा, जेठ १३ गते चुनाव हुँदै

कालिका, ९ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पूर्वाधार विकासको लागि योगदान गरेका होमबहादुर गुरुङ पुनः चुनावी मैदानमा उत्रिएका छन् । २१ जनाको बलियो टिम बनाएर चुनावी मैदानमा उत्रिएका हुन । गुरुङ अहिलेपनि अध्यक्ष छन् ।

जेठ १३ गते हुने चुनावका लागि गुरुङको टिमले घरदैलो अभियान गरिरहेको छ । उपभोक्ताहरुको घरघरमा पुगेर खानेपानीको अवस्था बुझ्दै मत मागिरहेका छन् ।  २०५७ सालमा अध्यक्षमा बनेका गुरुङले शुद्धपिउने पानीका लागि ओभरहेड ट्यांकी बनाउन सफल भए ।

सो संस्थाको नेतृत्व चयनका लागि जेठ १३ गते निर्वाचन हुँदैछ ।

२०७५ सालमा अध्यक्ष बनेका गुरुङले खानेपानी संकलनको लागि ट्याङ्की र अधिकांस घरधुरीमा खानेपानी पु–याउन सफल भएका छन् । गुरुङ अध्यक्ष हुनुपूर्व ६ लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्कीबाट पानी आपूर्ति गर्दै आएको सो संस्थाले अहिले ४ लाख ५० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण गरेका छन् । दुईवटा कार्यालय भवन सहित दुई विघा जग्गालाई कम्पाउण्ड गरि ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ ।

गुरुङले पहिलो कार्यकालमा पानीको श्रोतको लागि ६ वटा डिप बोरिङ निर्माग गरेका छन् । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा दुईवटा ट्याङ्की र कार्यालय भवन निर्माण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । उक्त आयोजना १९ करोड ७ लाखको लगानीमा निर्माणकार्य अन्तिम चरणमा रहेको छ । गुरुङ अध्यक्ष भएपछि उपभोक्ता संख्या समेत वृद्धि गरिएको छ ।

१९ सय घरधुरी उपभोक्ताबाट वृद्धि ३५ सय ३५ उपभोक्ता पुगेको अध्यक्ष गुरुङले जानकारी दिए । आफ्नो सम्पूर्ण समय जनतालाई स्वच्छ खानेपानी खुवाउने काममा खर्चिएका गुरुङ ४४ सय १२ घरधुरीमा खानेपानी पु–याउने संकल्पका साथ चुनावी मैदानमा छन् । अधुरा योजना सम्पन्न गरि संस्थाको भौतिक निर्माणलाई पूर्णता दिएर खानेपानीसंग जोडिएको सरसफाई, पानी सुरक्षा लगायता कामहरु आगामी कार्यकालमा अगाडि बढाउने योजनाका साथ चुनावी मैदानमा होमिएको गुरुङले बताए ।

सो संस्था २०६५ सालमा स्थापना भएको सो संस्था वडा नं ७ मा रहेको छ । सो संस्थाको अध्यक्षका लागि गुरुङ सहित उमाकान्त बराल, यदुप्रसाद खतिवडा, सुवास खनाल र सोमबहादुर खड्काले उम्मेदवारी दिएका छन् । –00–

Share:

सम्बन्धित समाचारहरु