नेपालगन्ज, ९ जेठ । बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा २० हजार पर्यटक आउन सक्ने आंकलन थियो। यो आवको दुई महिना बाँकी रहँदै लक्ष्यभन्दा झन्डै दुुई हजार पर्यटक पुगेका छन्। अर्थात वैशाख मसान्तसम्म बर्दियामा २१ हजार ८८९ पर्यटकले अवलोकन गरेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक भण्डारी बाघ हेर्न निकुञ्ज आउने पर्यटक बढेको बताउँछन्। भण्डारी दाबी गर्छन्, ‘बर्दिया आएका पर्यटकमध्ये ९० प्रतिशतले बाघ देखेका छन्।’ अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, फिनल्याण्ड लगायतका देशबाट बर्दिया आउने पर्यटकको मुख्य रुची नै बाघ हेर्नु रहेको छ।
निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बृद्धि भएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २१ हजार ९८९ पर्यटक आएका छन्। जसमा ५ हजार ९९९ विदेशी, १ हजार नौ जना सार्क मुलुकका र १४ हजार ९९१ जना नेपाली रहेका छन्।
ेआव ०७८र०७९ मा स्वदेशी १३ हजार ५९ जना, सार्कका ९०१ जना र विदेशी दुई हजार ३१९ जना आएका थिए। जबकी चालु आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा विदेशी पर्यटक झन्डै तेब्बर आएका छन्। निकुञ्जमा आएका पर्यटकमध्ये झन्डै एक तिहाइ विदेशी छन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १२५ वटा पाटे बाघ ९बेंगोल टाइगर० पुगेका छन्। निकुञ्जमा सय क्वायर किलोमिटरमा सातवटा बाघ बसेका छन्। निकुञ्जमा बाघका अलावा लोपोन्मुख कृष्णसार पनि खैरापुरमा रहेको छ। कर्णाली नदीमा डल्फिन हेर्न पाइन्छ। बाघको आहाराजन्य प्रजाति चित्तलहरू एशियामै सबैभन्दा बढी पाउने ठाउँ भनेर पनि बर्दियालाई चिनिन्छ।–00–


