थारू कल्याणकारी सभा चितवन क्षेत्र नं ५ बेलोध प्रगन्नाको निर्वाचन प्रकृया स्थगीत

पटिहानी, ६ जेठ । थारू कल्याणकारी सभा क्षेत्र नं ५ बेलोध प्रगन्नाको २० ओैं साधरण सभा एवम् ११ ओैं अधिवेशनको निर्वाचन प्रकृया स्थगीत भएको छ । तयारी पुरा नभएका कारण दुईदिन पछि पुनः निर्वाचन प्रकृयामा जानेगरी स्थगीत गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिए ।

उद्घाटन सत्रसँगै आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन भने अनुमोदन भएको छ । यस्तै खुल्लासत्रले स्थानीय चुनावमा प्रत्येक वडासँगै मेयर उपमेयर पदमा उम्मेदवारी दिनेगरी अहिलेदेखिनै तयारीगर्ने प्रस्तावलाई पारित गरेको छ । यस्तै भ्रष्ट्रचार विरुद्धको अभियानमा समर्थन जनाउँदै भ्रष्टचारीहरुलाई कार्वाहीको दायरामा ल्याउन दवाव दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

 

यसैगरी टिकापुर घटनाका आरोपी रेशम चौधरी लगायतका बन्दीहरुको पक्षमा सर्वोच्च अदालतले सुनाएको निर्णयप्रति आपत्ती जनाउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिकगर्न सरकारलाई दवाव दिने प्रस्तावलाई समेत सर्वसहमत पारित गरेको निर्वाचन संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए ।

दुईदिन पछि पुन निर्वाचन प्रकृयामा गएर क्षेत्रीय नयाँ कार्य समितिसँगै जिल्ला प्रतिनिधिहरु चयन हुनेछन् ।–00–

Share:

सम्बन्धित समाचारहरु