लागू औषध तथा लागू पदार्थ सम्वन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिका वडा नं. १२ को आयोजनामा आज लागू औषध तथा लागू पदार्थ सम्वन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

वडा अध्यक्ष लेखराज पन्त (हरि) को अध्यक्षता र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीकोे प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रहरी उपरीक्षक कार्कीले चितवन जिल्ला लागू औषधको ट्रन्जिट प्वाईन्ट बनेको, जिल्ला प्रहरी कार्यालयमा भएका १२० जना थुनुवामध्ये ९० जना लागू औषध मुद्धाका रहेको भन्दै लागू औषध तथा लागू पदार्थका कारण अन्य विभिन्न प्रकृतिका फौजदारी तथा देवानी अपराधहरुको सृजना समेत भएकोले शान्त र सुरक्षित समाज निर्माणका लागि आम समुदाय र प्रहरीको सहकार्य र समन्वय आवश्यक रहेकोले नागरिकका तर्फबाट सहि सूचना सहितको सहयोगका लागि अनुरोध गर्नु भयो ।

पूर्व प्रहरी निरीक्षक तथा समाजसेवी सन्तोष पन्तको संयोजनमा सञ्चालन भएको र वडा नम्वर १२ का जनप्रतिनिधिहरु, २३ वटा टोल विकास संस्थाका दुई–दुई जना प्रतिनिधिहरु र अन्य वडावासीहरु गरी ६० जना सहभागि रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष पन्तले वडा नम्वर १२ को लागू औषध अपराधको अवस्था र केहि सामाजिक विकृतिका वारेमा समेत चर्चा गर्दै प्रहरीको सुक्ष्म गस्ती, निगरानी र घटित अपराधको सफल अनुसन्धानका लागि प्रहरी लाई अनुरोध गर्नु भई सहभागिहरुले प्रशिक्षणको दौरानका सिकेका ज्ञान र सीप लाई आफुमा मात्र सिमित नराखी टोलबासीहरुमा फैलाई जागरण अभिवृद्धि गर्ने कुरामा विश्वास गर्दै सहभागिहरुलाई पाठ्य सामग्री सहित सहभागिताकोे प्रमाण–पत्र समेत वितरण गर्नु भयो ।

वडा सदस्य जमुना ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट शुभकामना मन्तव्यका क्रममा नेकपा माओवादी केन्द,्र वडा नम्वर १२ का अध्यक्ष मदनकृष्ण घिमिरेले समय सापेक्ष कार्यक्रम सञ्चालन भएकोले वडावासीहरु लाभान्वीत हुने कुरामा विश्वास गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवन जिल्लाको लागू औषध तथा लागू पदार्थ दुव्र्यसन र यसको जरीयाबाट उत्पन्न भएका अपराधहरुको वारेमा र अधिवक्ता रामनाथ घिमिरेले लागू औषध नियन्त्रण ऐन २०३३ को व्यवस्थाका सम्वन्धमा सहजिकरण गर्नु भएको थियो ।

 

उद्घाटन सत्र र प्रशिक्षण सत्र गरी दुई चरणमा विभाजित उक्त कार्यक्रममा संयोजक तथा प्रशिक्षक सन्तोष पन्तले सहभागिहरुको पुर्व मुल्याङ्कन, पृष्ठपोषण संकलन र लागू औषध तथा लागू पदार्थको परिचय, प्रकार, मानव स्वास्थ्य तथा समाजमा गर्ने हानी, नेपालको विद्यमान अवस्था, दुव्र्यसनमा पर्नाका कारण र आफ्नो घर, परिवार र समाजलाई दुव्र्यसन मुक्त गर्न अवलम्वन गर्नु पर्ने भूमिकाका सम्वन्धमा सहजिकरण गर्नु भएको थियो ।

वडा सचिव सिता लम्सालले सञ्चालन गरेको कार्यक्रमको अन्तमा सहभागिहरु मध्यबाट आफ्ना धारणा राख्ने क्रममा राजेन्द्र प्रसाद पोखरेलले कार्यक्रम फलदायि भएकोले टोल स्तरमा पनि सञ्चालनका लागि माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखको समयाभावका कारण अन्तरकृया गर्न नपाएकोेले आगामी दिनका कार्यक्रममा त्यसको व्यवस्थापन गर्न समेत अनुरोध गर्नु भएको थियो ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु