काठमाण्डौं, २ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस संस्थापन इतर समूहले ‘कांग्रेस रुपान्तरण’ अभियानको घोषणा गरेको छ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमार्फत सो अभियानको घोषणा गरिएको हो।
‘पार्टी सत्तामा गए पछि पार्टीलाई सुकिला मुकिलाहरुले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरुले एकपटक फेरी लड्नु पर्नेछ’ भन्ने विपी कोइरालाको भनाई आत्मसाथ गर्दै आजको तितो यथार्थ पनि यही रहेको अभियानका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अभियानका प्रदेश संयोजकहरू पनि तोकिएको छ।
यी हुन कांग्रेस रुपान्तरण अभियानका प्रदेश संयोजकहरूः
कोशी प्रदेश – गुरुराज घिमिरे
मधेश प्रदेश – रञ्जित कर्ण
बागमती प्रदेश – मधु आचार्य
गण्डकी प्रदेश – देवराज चालिसे
लुम्विनी प्रदेश -डा. गोविन्द पोख्रेल
कर्णाली प्रदेश – भुपेन्द्रजंग शाही
सुदर पश्चिम – भरत खड्का


