सप्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

जनकपुरधाम, ३१ बैशाख । सप्तरीको रुपनी गाउँपालिका – १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

 

मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो। तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिए । रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको उनले बताए । गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन । –00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु