आजको मौसमः देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं,२७ बैशाख। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ । राती भने देशको पहाडी भू(भागका आंशिक बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू९भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु