चितवन, २६ बैशाख ।  कक्षा १२ को परीक्षा सुरु भएको छ ।

 

बिहान ८ बजेबाट सुरु भएको परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदै छन् । त्यसै गरी ५६ हजार बढीले ग्रेड वृद्धि परीक्षा दिने कार्यालयले जनाएको छ । देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा ल्याएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउनेछन् ।

परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ । –00–

Share:

सम्बन्धित समाचारहरु