सामाजिक सुरक्षा कार्यक्रम सरकारको प्राथमिकतामा

काठमाडौं, २४ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्न जरुरी रहेको बताएका बताएका छन् ।

र्थमन्त्री डा. महतले आइतबार सुरू भएको बजेट अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी  (कर प्रस्तावबाहेक)  माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आर्थिक क्रियाकलापमा गतिशील ल्याउन सरकार लागिपरेको बताएका हुन् ।

उत्पात्दन र उत्पादकत्व वृद्धि गरी स्वदेशमा रोजगारीको अवसर वृद्धि गरिने बताए । गरिब र धनीबीचको खाडल घटाउने सरकारको योजना रहेको उनको भनाइ छ। महतले भने, ‘लक्ष्यअनुरुप राजस्व परिचालन हुन सकेको छैन । आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च धेरै हुने प्रवृत्ति कायम छ । सरकारको वित्त सन्तुलनमा चाँप परेको छ । पुजीबजारमा उतारचढाव छ । आर्थिक क्रियाकलापमा गतिशील ल्याउन आवश्यक छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्न जरुरी छ ।’

सामाजिक सुरक्षा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने उनले बताए । भूमिहीन नागरिकका समस्या सम्बोधन गर्नेतर्फ बजेट निर्देशीत हुने बताए ।

तीनै तह९संघ,प्रदेश,स्थानीय तहको सरकारलाई थप मजबुत गरिने बताए । आर्थिक वृद्धि र रोजगारी सृजनाका लागि व्यवसायीमैत्री नीति अवलम्बन गर्नतर्फ बजेट निर्देशीत हुने उनको भनाइ छ। –00–

Share:

सम्बन्धित समाचारहरु