घुस मागेको आरोप लागेका (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

काठमाडौं,१२ बैशाख। मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग दुई करोड रुपैयाँ मागेको भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । रास्वपाले समानुपातिकतर्फबाट सांसद बनेका श्रेष्ठलाई कारबाही गरेको सूचनाका आधारमा सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको केही बेरमा घोषणा गर्न लागेका हुन् ।

संघीय संसद् सचिवालयले आवश्यक निर्णय सिफारिस गरेर सभामुखलाई पत्र बुझाइसकेको छ । सभामुखले आजकै प्रतिनिधिसभा बैठकमा सोबारे जानकारी गराउने तयारी गरेका छन् ।

“आवश्यक सबै निर्णय भइसकेको छ । विशेष समय सकिएपछि सभामुखले त्यसको सूचना संसद्मा सुनाएपछि औपचारिक हुन्छ,” संसद् सचिवालयका एक अधिकारीले बाह्रखरीसँग भने, “सूचना सुनाएपछि औपचारिक रूपमा पद रिक्त हुनेछ । –00–

 

Share:

सम्बन्धित समाचारहरु