भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली पारित गर्दै जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

काठमाडौँ ,५ बैशाख । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुलाएको हो ।

सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । उनले भूमि सुधार मन्त्रालयको प्रस्तावमा जग्गाको कित्ताकाट खुलाउने निर्णय भएको बताइन् । –00–

Share:

सम्बन्धित समाचारहरु