काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने बताएका छन् ।
उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए ।
“दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ,” उनले भने, “मेरै वरपर भएका व्यक्तिलाई पनि छानबिन गर्नुस् । मैले ९ महिनामात्रै भयो चिनेको । मेरो नाम लिएर कसैले भजाएछ भने त्यो कारबाहीको भागीदार हुनेछ ।”
उनले आफू सत्यको बाटोमा रहेको बताउँदै विचलित नहुने बताए ।
“सत्यको बाटोमा छु । विचलित हुने छैन । ९ महिनाअघि सुरु भएको यो पार्टीमा हजारौँ जोडिनुभएको छ,” उनले भने, “विश्वासको आधारमा जोडेका हौँ । विश्वास घात गर्नेलाई कारबाही गर्ने ल्याकत छ । मलाई कहिँ पनि नछोड्नुहोला गलत क्रियाकलापमा भेटेमा ।”–000—