चितवन । चितवनकै सर्वाधिक धनराशीको एक्सपर्ट क्वीज च्याम्पियन–२०२३ मा तीन टिम फाइनलमा प्रवेश गरेका छन् । बिहीबार, शुक्रबार र शनिबार प्रशारित तीन वटा सेमीफाइनल इपिसोडबाट भरतपुरको अरोमा कलेज, नारायणी पब्लिक कलेज र रत्ननगरको नेपाल नमुना माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमीफाइनल इपिसोडबाट रत्ननगरको बछौली मावि, भरतपुरको शरदपुर मावि, बालकुमारी कन्या माध्यमिक विद्यालयलाई पछि पार्दै अरोमा कलेज फाइनलमा स्थान बनाएको हो । यस्तै दोस्रो सेमीफाइनल इपिसोडबाट भरतपुरको अंकुरम एकेडेमी, बालकुमारी कलेज र वाल्मीकि कलेजलाई पछि पार्दै नारायणी पब्लिक कलेज फाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरि शनिबार प्रशारित तेस्रो सेमीफाइनल इपिसोडबाट श्रीराम वैदिक संँस्कृति गुरुकुलम टाँडी, आदिकवी भानुभक्त मावि र एसओएस गौरीगञ्जलाई पछि पार्दै रत्ननगरको नेपाल नमुना मावि फाइनलमा प्रवेश गरेको हो । अब आउँदो बिहीबार प्रशारण हुने अन्तिम सेमीफाइनल इपिसोडबाट एक टिम फाइनल प्रवेश गर्नेछन् ।
फाइनल प्रतिस्पर्धामा कुल पाँच टिमको भिडन्त हुनेछ । सेमीफाइनलबाट प्रवेश गरेका चार टिम र एक टिम वाइल्ड कार्ड मार्फत फाइनलमा प्रवेश गर्नेछ । आयोजकका अनुसार सेमीफाइनलमा उत्कृष्ट अंक ल्याएर पनि बाहिरिने एक टिमलाई वाइल्ड कार्ड मार्फत फाइनलमा मौका दिइने छ ।
यस प्रतियोगिता हरेक साताको बिहीबार, शुक्रबार र शनिबार तीन दिन टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा साँझ ७ः३० बजे एकसाथ प्रशारण हुँदै आएको छ । नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा।लि।को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा क्वीज संचालन गरिएको हो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ ।
चितवनकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई आकर्षक उपहार प्रदान गरिने छ भने सहभागि विद्यालयलाई पनि विशेष मायाको चिनो प्रदान गरिने छ ।
यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको छ भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ ९एएसए०ले सहकार्य गरेको छ । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुर रहेको छ ।
यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ, साउण्ड पार्टनरमा एक्सीस साउण्ड सिस्टम एण्ड होम भरतपुर रहेको छ । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।–00–


