रवि लामिछानेको निर्वाचन क्षेत्रमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

चितवन । नेपाली कांग्रेसले चितवन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

 

चितवन क्षेत्र न. २ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । –00–

Share:

सम्बन्धित समाचारहरु