काठमाडौं २, फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले विगतको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताए । उनले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार हुनुपर्नेमा जोड दिए ।
“पाँचदलीय गठबन्धन तोडिएपछि अहिले हाम्रो अर्को गठबन्धन बनेको छ । यसबाट हाम्रा साथीहरूमा आनन्दानुभूति देखिएको छ,” उनले भने, “कथंकदाचित गठबन्धन टुट्यो भने पनि तयार हुनुपर्छ ।”
उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरे । “यो देशको पाले नेकपा ९एमाले० हो । त्यसैले एमालेलाई जुनसुकै बेलामा पनि आक्रमण हुनसक्छ,” उनले भने, “तर, एक छिन पराजित गरे पनि उनीहरूले नेकपा ९एमाले०लाई कमजोर पार्न सक्ने छैनन् ।”
हिजो पनि कम्युनिस्ट पार्टीलाई दुइतिहाइको अवस्थामा पुर्याएका बेला एमालेमाथि आक्रमण भएको भन्दै उनले एमाले युवा, विद्यार्थीको आन्दोलनको जगमा फेरि उठेको बताए ।–00–


